झापा : झापाको बुद्धशान्तिमा सालोले भिनाजुको हत्या गरेका छन् । आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका हुन् ।
बुद्धशान्ति ५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कटवालबीच घरायसी विवाद भएको थियो ।
विवादकै क्रममा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउकामा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा कटवालको उपचारका क्रममा बिहीबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post