ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गोलिया काट्ने क्रममा रुखले च्यापिएर एक युवकको मृत्यु भएको ।
मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका ४ डुम्रिसेका ३१ वर्षीय सुमन लिम्बू रहेका छन् ।
सिरिजङ्घा गाउँपालिका ३ सिकैँचामा गोलियाका लागि उत्तिस जातको रुख काट्ने क्रममा अचानक रुखले लागेको र सोही कारण लिम्बूको मृत्यु भएका सिकैँचाका वडासदस्य अम्बिका साउदेन लिम्बूले पुष्टि गरे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post