इटहरी : तिहारको दोश्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंदैछ ।
बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वासअनुसार घरको चारैतिर सफा–सुग्घर गरी आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङ्लगायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।
जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीकोपूजा दीपावली गरेर गर्ने परम्परा रहेको हो ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेरलक्ष्मी हिड्ने बाटो तयार गरिन्छ ।
त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराकोसुतलामा बत्ती बाल्ने गरिन्छ ।
आजै साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवती र महिलाहरु समूह बनाइ घरघर गई हर्षोल्लासपूर्वक भैलो खेल्ने परम्परा छ ।
तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फका लागि भन्दै आत्मिक रूपमा सुख सन्तोष प्राप्त गरौं भन्ने भावनाका साथ भैलो खेलेर रमाइलो गरिन्छ ।
Discussion about this post