मोरङ : मोरङको छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्धाका तीनजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फैसला कार्यान्वयनको लागि परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा फरार रहेका तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा मोरङ जिल्लाअदालतको मिति २०८०।०५।१५ गतेको फैसला आदेशअनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका ७ का दिलकुमार तामाङ र २० वर्षीय विनोद धिमाल रहेका छन् ।
यस्तै, बैङ्किङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति२०७८।११।०३ गतेको फैसलाले ५ दिन कैद र नगद ७ लाख १५ हजार जरिवाना भइ फरार रहेका मोरङको मिक्लाजुङ गाउँपालिका ३ का ३३ वर्षीय मदन पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई आवश्यक सजायको प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।












Discussion about this post