विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोसी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताए । बजेट आएपछि सरकारले पूर्णता पाउनेसमेत उनले बताए।
अझैपनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको उनको भनाइ छ ।
नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउँदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे।



















Discussion about this post