भोजपुर : भोजपुरको अरुण गाउँपालिका ७ निवासी डिल्लीराम अधिकारीले नर्कको मलामी नामक म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।
अरुण गाउँपालिका ७ का पूर्व वडाध्यक्षसमेत रहेका अधिकारीले वर्तमान अवस्थामा राजनीतिक दलहरू र गणतन्त्र विरोधीहरूलाई आलोचना गर्दे समसामयिक विषयमा उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतअनुसार अहिलेका प्रमुख दलका नेतृत्वलाई रचनात्मक किसिमबाट आलोचना गरिएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकाको गोल ढुंगामा छायांकन गरिएको उक्त गीतको रचना एवम स्वर उनै अधिकारीको रहेको छ ।
गीतमा मनिपाल राईले संगीत दिएका छन् । गीतमा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल फर्केर विकासमा जुट्नसमेत आह्वान गरिएको छ ।
अधिकारीले यसअघि पनि खाडीको लाहुरे नामक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए ।
भिडियो
Discussion about this post