विराटनगर : विराटनगरबाट बिहीबार (आज) बिहान प्रहरीले एक सय ९६ किलोग्राम गाँजा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहान ३ बजेतिर उक्त परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।
तर, यसको कारोबार, ओसारपसार र भण्डारणमा संलग्न भने भेटिएनन् । कारोबारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
प्लाष्टिकको झोलामा पोको पारी खेतमा परालभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी दाहालले दिए ।
विशेष सुराकीका आधारमा गाँजा बरामद गरिएपनि यसको ओसारपसार र भण्डारणमा संलग्नको भने पहिचान हुन बाँकी रहेको उनको भनाइ छ । गाँजा कसले ल्याएको हो भनेर पत्ता लगाउने प्रयास भइरहेको डीएसपी दाहालले बताए ।












Discussion about this post