इटहरी : झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध मुद्दा र चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
चेक अनादर मुद्दामा झापा जिल्ला अदालतको मिति २०७७।०९।१९ गतेको फैसला आदेशले १ वर्ष कैद र नगद २० हजार रुपैयाँ जरिवाना रही फरार रहेका शिवसताक्षी १ का ४५ वर्षीय धीरेन्द्र बुढाथोकीलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
त्यसैगरी मोरङ जिल्ला अदालतको लगत नम्बर ५२५१ को लागूऔषध मुद्दाका नौ महिना कैद र नगद ५ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी विराटनगर १६ का ४५ वर्षीय नारायण यादवलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई सम्बन्धित जिल्ला अदालत उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post