ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गिलेका अनुसार बाँस काट्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बू गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएका लिम्बूलाई चिकित्सकले मृत घोषित गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post