इटहरी : कोसी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्धाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०८०।०१।३१ गतेको सजाय निर्धारण फैसला आदेशले एक वर्ष ४ महिना ६ दिन कैद सजाय तोकिएका इटहरी १४ का ४२ वर्षीय दुलार चौधरीलाई शुक्रबार गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उपस्थित गराइकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post