इलाम : इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।
देउमाइ नगरपालिका ९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन घि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालले टोकेर घाइते भएका उनको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post