सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका १ स्थितबाट एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७५।०५।२६ गतेको फैसलाअनुसार नगद दुई हजार रुपैँया जरिवाना र २० दिन कैद सजाय तोकिएका फरार प्रतिवादी ३० वर्षीय राहुल खवासलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post