विराटनगर : कोसी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ ।
मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।
यसअघि उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरूमा एमालेका प्रमुख सचेतकसमेत रहेका रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् । यस्तै, राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् ।
उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियनेजन विधेयक निर्णयार्थ पेश भएको थियो । उक्त प्रस्तावलाई सबै दलले ध्वनिमतका साथ समर्थन गरेका थिए ।














Discussion about this post