इटहरी : इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका २६ वर्षीय रविन खड्का रहेका छन् ।
उनलाई बुधबार राति करिब ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बत्ती बालेर हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ ।
‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । सुरक्षाकर्मी र प्रशासनको साथ आवश्यक छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘विज्ञको सल्लाहअनुसार हात्ती खेदाउन प्रशासनले सहज बनाइदिनुप¥यो । यो जाडो मौसममा त रातभरी बस्दा दाउराको जोहो गर्नपनि समस्या छ ।’
आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post