मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०८।०३।२८ गतेको फैसला आदेशले एक वर्ष ११ महिना ३ दिन कैद र नगद २० हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका ४ का ४३ वर्षीय मनोज कुमार महतो रहेका छन् ।
उनलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङ उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post