इटहरी : चेक बाउन्स मुद्दामा इटहरीकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेकी महिलालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी ५ की ३४ वर्षीया सञ्जु बस्नेत रहेकी छन्। बैँङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७९।११।०२ गतेको फैसला अनुसार ३ दिन कैद र नगद एक लाख ५० पचास हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेकी बस्नेतलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पक्राउ गरेको हो ।
पक्राउ परेका उनीलाई अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post