इटहरी : नेपाली कांग्रेसका डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार भ्रष्टहरूको अखडा भएको बताएका छन् ।
सुनसरीको इनरुवामा कार्यकर्ता भेटघाट कार्यक्रममा आएका कोइरालाले वर्तमान सरकार भ्रष्टहरूको अखडा रहेको बताएका हुन् ।
मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरियता नपाउने भएसँगै सुनसरी आएका उनले सरकारका मन्त्रीहरूले नै सहिष्णुता भड्काउने गैर जिम्मेवार अभिव्यक्ति दिँदै हिँड्न थालेको बताए ।
देश र कांग्रेसलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरू लागेको उनले बताए ।














Discussion about this post