इटहरी : मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट अभद्र व्यवहार मुद्धा र चोरी मुद्धाका तीनजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
अभद्र व्यवहार मुद्धामा जिल्ला अदालत मोरङको मिति २०७९।११।११ गतेको फैसला आदेशले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भइ फरार रहेका पथरीशनिश्चरे ४ का २६ वर्षीय अनिल मगर र २४ वर्षीय छोटु कान्छा भन्ने तुलाराम देवानलाई प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले खोजतास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७७।०६।२९ गतेको फैसलाले ९ दिन कैद र १ हजार रुपैया जरिवाना भइ फरार रहेका धरान ३ का ३५ वर्षीय राजु तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post