Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

व्यक्तिको जग्गामा प्रतिष्ठानको भवन, निजी आवासका लागि सरकारको लगानी !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ११, २०८०
in टाकुरा विशेष, समाचार
0
व्यक्तिको जग्गामा प्रतिष्ठानको भवन, निजी आवासका लागि सरकारको लगानी !

इटहरी ३ मा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको नाममा बनाइएको व्यक्तिको जग्गामा रहेको भवन ।

109
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुुनसरीको भवन व्यक्तिको जग्गामा निर्माण गरेको पाइएको छ ।

इटहरी उपमहानगरपालिका ३ याक्थुङ चौकस्थित प्रतिष्ठानको नाम भजाँएर (अनिता परियार) व्यक्तिको जग्गामा भवन निर्माण गरेको पाइएको हो । उक्त भवन अहिले निजी आवासका लागि प्रयोग भइरहेको छ । सो भवनमा अनिता परिवारका भाई बुहारी बस्दै आएका छन् ।

संविधानसभा सदस्यसमेत रहेकी अनिता परियारको नाम दर्तामा रहेको डेढ कट्ठा जमिनमध्ये १० धूर जमिनमा प्रतिष्ठानले भवन बनाएको छ । परियार संविधानसभा सदस्य रहेको समयमा संघीय सरकारबाट बजेट बिनियोजन गरी भवन निर्माण गरिएको हो ।

स्रोतका अनुसार सुरुआती दिनमा स्थानीय समुदायका मानिसहरूलाई संलग्न गरी कृषक समूह गठन गरियो । सोही कृषि भवन निर्माणार्थ संघीय सरकारबाट बजेट बिनियोजन गरिएको थियो ।

तर, कृषि समूहलाई थाहै नदिई नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको नाममा बनाइयो । जुन भवन प्रतिष्ठानको नाममा नभई अनिता परियारको नाममा रहेको छ ।

त्यसबेला संविधानसभा सदस्य रहेकी परियारको सांसद विकास कोष र पहुँचको आधारमा संघीय सरकारबाट बजेट बिनियोजन गरिएको थियो । अहिले प्रतिष्ठानको तीन तले भवन (ट्रष्टसहित) निर्माण सम्पन्न भइसकेको छ । तर, भवन निर्माण भएपनि नक्सा पास भने गरेको पाइएन ।

यस विषयमा इटहरी उपमहानगरपालिकाको घर नक्सा शाखामा घर (भवन) नक्सा पासको कागजात ‘सूचनाको हक प्रयोग’ गर्दै खोजी गरेपनि पाइएन । उता प्रतिष्ठान भने नक्सा पास गरेर मात्रै भवन निर्माण गरेको दाबी गर्छ ।

नेकपा माओबादी केन्द्रबाट संविधानसभा सदस्य हुँदै प्रतिनिधिसभा सदस्यसमेत बनेकी परियारले सांसद भएकै समयमा संघीय सरकारले बजेट बिनियोजन गरेको थियो । पहुँच र सत्ताको दुरुपयोग गर्दै बजेट हत्याएको पाइएको छ ।

खासगरी नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान नेकपा माओबादी निकट रहेको छ । प्रतिष्ठानलाई आफ्ना कार्यकर्ता भर्तीकेन्द्रजस्तो रहेको आरोपसमेत लाग्दै आएको छ । उक्त प्रतिष्ठानको केन्द्रीय अध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । गृहमन्त्रीसमेत रहेका श्रेष्ठ इटहरीमा रहेको यो भवनबारे जानकार छन् ।

प्रतिष्ठानलाई यो जग्गा उपलब्ध गराउने भन्नेबारे कतै उल्लेख छैन, न कुनै निर्णय नै भएको छ । यद्यपि, प्रतिष्ठानले भने निर्णय गरिसकेको दाबी गर्दै आएको छ ।

आफ्नो व्यक्तिगत जमिनमा शक्तिलाई हत्याउँदै व्यक्तिको जमिनमा राज्यले लगानी गर्दै आएको छ । खासगरी प्राविधिक विषय अध्यापन हुँदै आएको प्रतिष्ठानले इटहरी ९ मा हाल सञ्चालनमा रहेको क्याम्पस यहाँ सार्ने तयारी गरेको बताएपनिहालसम्म क्याम्पस सार्ने प्रक्रिया भने अगाडि बढाइएको छैन ।

प्रतिष्ठानको भवन तीन वर्षअघि नै निर्माण सम्पन्न भइसकेपनि क्याम्पस हालसम्म भाडाको भवनमा रहेको छ । प्रतिष्ठानले क्याम्पसका लागि मासिक दुई लाख भाडा तिर्दै आएको क्याम्पस प्रशासनले जानकारी दियो ।

उता, अनिता परियारका भाईबुहारीसहित नेकपा माओबादी केन्द्र इटहरीका नेतासमेत रहेका बहादुरसिंह तामाङ (ज्वाला) समेत यही भवन छेउमा रहेको प्रतिष्ठानकै भनिएको टिनको छानो लगाएको घरमा बस्दै आएका छन् ।

ज्वालाले उक्त भवन प्रतिष्ठानको नाममा ल्याउने तयारी भएको र प्रक्रियामै रहेको स्वीकार गरे । ‘भवनलाई प्रतिष्ठानको नाममा ल्याउने प्रक्रिया भइरहेको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘लामो र झण्झटिलो प्रक्रिया रहेका कारण अझै केही समय लाग्छ ।’

यता, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीका अध्यक्ष एकचन्द्र बराल (निर्मल) ले भने पूर्वाधार बन्नुअघि सबै भवनको नक्सा पास गरेको दाबी गरे ।

‘नक्सा पास नभई भवन बन्दैन, इटहरी उपमहानगरपालिकाबाटै नक्सा पास गरेर हामीले भवन बनाएका छौँ,’ भवन त व्यक्तिको नाममा रहेछ नि ? भन्ने प्रश्नमा उनको दाबी छ, ‘भवन प्रतिष्ठानको नाममा ल्याउनका लागि निर्णय भइसकेको छ । यो क्याम्पसको भवन नभइ प्रशासनिक भवन हो ।’

उक्त भवन ०७७ सालमा निर्माण सकिएको उनले बताए ।

‘यो भवनमा कलेज ल्याउने होइन, प्रशासनिक भवन हो,’ उनले भने, ‘समुदायबाट प्रतिष्ठानलाई प्राप्त जग्गामा भवन बनाएका हौँ । क्रमशः प्रतिष्ठानको नाममा आउँछ, निर्णय भइसकेको छ ।’

उनले चालू आर्थिक वर्षभित्रमा प्रतिष्ठानको नाममा भवन आउने दाबी गरे ।

प्रतिष्ठानले २०७४ पुस १६ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा शाखा दर्ता गरी विद्यार्थी भर्ना गरेर अध्यापन गराउँदै आएको छ । इटहरी उपमहानगरपालिका वडा नं. ६ मा शाखा कार्यालय रहनेगरी शाखा दर्ता गरिएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको मुख्य कार्यालय ललितपुरमा रहेको छ ।

प्रतिष्ठानले २०७५ यता सुनसरीमा बालीविज्ञान, एग्रीकल्चर, सिभिल इञ्जिनियरिङ, हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको जनाएको छ । यस्तै, निःशुल्क कार्यक्रम अन्तर्गत प्रि डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरिएको छ ।

यता, इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले भने आँफू यस विषयमा जानकार नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो कार्यकाल आउनुभन्दा अगाडि नै बनेको भवन हो, हरेक वर्ष प्रतिष्ठानले विभिन्न निकायबाट बजेट ल्याइरहेको छ ।’

उनले आँफूले वडा कार्यालयबाट भने बजेट बिनियोजन नगरेको र अन्य निकायबाट प्रतिष्ठानले हरेक वर्ष बजेट ल्याइरहेको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा २०७३ सालमा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ ले नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको नाममा अध्यापन गराउँदै आएको छ ।

Tags: टाकुरा विशेषनरबहादुर कर्माचार्यप्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1545 shares
    Share 618 Tweet 386
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    617 shares
    Share 247 Tweet 154
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.