इटहरी : इटहरी उपमहानगरपालिकाको नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज (बुधबार) दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणबस अनिश्चितकालका लागि स्थगित भएको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटिले आपत्ति जनाएको हो ।
नगरसभाको बैठक एकतर्फी र हठात ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको एमाले इटहरीका कार्यबाहक अध्यक्ष रुपेश बस्नेतले बताए ।















Discussion about this post