इटहरी : रोट्याक्ट्र क्लब अफ सुनसरीले सांस्कृतिक उत्सव कार्यक्रम आयोजना गरेको छ ।
सांस्कृतिक पहिचानका विभिन्न प्रस्तुति र छलफलसहित कार्यक्रम आयोजना गरिएको हो । संस्कार, संस्कृति र सद्भाव वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष आयुष्मा अधिकारीले बताइन् ।
कार्यक्रममा विभिन्न जातजाति तथा धर्मको भेषभूषासहितको र्याम्प वाक गरिएको थियो भने विभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको उनले बताइन् ।
कार्यक्रममा सञ्चारकर्मी हिमाल दाहालले प्यानल छलफल सञ्चालन गरेका थिए ।
जसमा महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक मोहन तुम्बाहाङ, वरिष्ठ गायक तथा संगीतकार बालकृष्ण कार्की र साहित्यकार गंगा आचार्य घिमिरेले धर्मसंस्कृति र संस्कारका विभिन्न विषयहरूमा आफ्नो धारणा राखे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले धर्म, संस्कृतिको विषयमा पछिल्लो समय केही विवाद देखिएकोले कार्यक्रमले सद्भावलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको बताए ।













Discussion about this post