इटहरी : सुनसरीको हरिनगर गाउँपालिका ६ स्थितबाट अवैध लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले प्र. १-०४-००१ त १२६० नम्बरको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा उक्त ट्याक्टरमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ७० केजी लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ट्याक्टर चालक भारत अररियाका २७ वर्षीय ऐना तुलालाईसमेत पक्राउ गरेको हो ।
बरामद भएको गाँजा र पक्राउ परेका तुलाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post