विराटनगर : कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन् ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले कोइरालालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
विराटनगर महानगरपालिका ९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्व सभापति तथा हालका सल्लाहकारसमेत हुन् ।














Discussion about this post