इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रहरूमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली, चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेड कपडा, जुत्ता, ब्याग खाद्यन्न, सुर्तीजन्य पदार्थ लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका करिब पाँच लाख ७२ हजार रुपैयाँ बराबरको समान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।














Discussion about this post