धरान : पूर्वाञ्चल क्याम्पस धरानमा रहेको ‘डेल्टा’ विद्यार्थी समाजले हरेक वर्ष झैँ यस वर्ष पनि प्राविधिक मेला आयोजना गर्ने भएको छ।
ग्रीन टेक्नोलोजी थिममा आधारित भइ यहि माघ ५, ६ र ७ गते मेला लगाइने भएको हो।
पूर्वाञ्चल क्याम्पस स्ववियु सभापति नवीन श्रेष्ठका अनुसार २०७६ सालमा ‘डेल्टा’ स्थापित भइ हरेक वर्ष फरक थिम र फरक अवधारणाका साथ मेला लगाइदै आएको छ।
यसअघिका आफ्ना तीन संस्करण सम्पन्न गरेको डेल्टाले यस पटकको मेलामा अझ नयाँ नयाँ इभेन्टका साथ तयारी गरिरहेको छ।
इन्जिनियरिङ क्याम्पसहरूमा आयोजना भइराख्ने मेलाहरूमा डेल्टालाई पुल्चोकमा हुने लोकस पछिको ठूलो प्राविधिक मेला मानिन्छ।
कोसी प्रदेश भरिका विभिन्न विद्यालय तथा क्याम्पसबाट विद्यार्थीहरूको सहभागिता रहने यस मेलामा यस वर्ष तीस हजार सहभागीको अपेक्षा रहेको डेल्टाका भाइस–कोर्डिनेटर विवेक न्यौपानेले बताए।
२०७६ सालमा डेल्टा १–० नाम रहि सुरु भएको यस मेला त्यसपछिका वर्षहरूमा डेल्टा १–१, डेल्टा २–० , डेल्टा ३–० हुँदै यस वर्ष को इभेन्टको नाम डेल्टा ४–० रहन गएको हो।
ग्रिन टेक्नोलोजीमा आधारित यस मेलामा सस्टेनेबल टेक्नोलोजीका साथै प्रदुषणरहित उपकरण बनाउन विद्यार्थीलाई प्रेरित गर्ने आयोजकको लक्ष्य रहेको छ।
मेलामा आगन्तुकहरूले विद्यार्थीहरू आफैँले बनाएका उपकरणहरूको दृष्यावलोकन साथै प्रतियोगिताहरूमासमेत भाग लिन पाउनेछन् । यही माघ ५ गतेदेखि सुरु हुने मेलाको मुख्य आकर्षकहरू विभिन्न रोबोटिक्स सामग्री प्रद्शन, गो कार्ट दौडलगायतका विधा छन् ।
हरेक प्रतियोगिताका लागि देश भरी बाटै आवेदन आइरहेको डेल्टाका कोअर्डिनेटर कल्याण बास्कोटाले बताए। डेल्टाको मुख्य आकर्षकको रूपमा रहेका प्रतियोगिताहरुमा नगद पुरस्कारसहित आकर्षक उपहारहरूसमेत रहेको छ।
३ दिन चल्ने मेलामा विभिन्न स्टलहरू राखिनेछन् ।
Discussion about this post