Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानका मेयरलाई उपमेयरको प्रश्न – ‘तपाईले खेलाँची गरेको हो ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २९, २०८०
in समाचार
0
धरानका मेयरलाई उपमेयरको प्रश्न – ‘तपाईले खेलाँची गरेको हो ?’

मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघा । फाइल तस्बिर ।

226
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो फेसबुक वालमा एक ‘कन्टेन्ट’ सेयर गर्दा आपत आइलागेको छ ।

आइतबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपप्रमुख आइन्द्रविक्रम बेघाले प्रमुख साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै उनले फेसबुकमा सेयर गरेको युट्युब भिडियोको ‘कन्टेन्ट’बारे पुष्टि गर्न चुनौती दिए ।

धरानमा आफू उपप्रमुखमा निर्वाचित भएर आएदेखि नै प्रमुखलाई साथ दिएको भएपनि पुष्टि नै नहुने युट्युब भिडियो प्रमुखले सामाजिक सञ्जालमा सेयर गरेर भ्रममा पार्न खोजेको बताए । ‘मेयर हर्कको विरोधी, उपमेयर आइन्द्रको मन पहिलेदेखि नै विषालु’ शीर्षकको युट्युब कन्टेन्ट मेयर साम्पाङले २ जनवरीमा आफ्नो सञ्जालमा सेयर गरेका छन् ।

सोही विषयलाई लिएर आइतबारको कार्यपालिका बैठकमा उपमेयर बेघा आक्रमक बनेका हुन् ।

‘तपाईले खेलाँची गरेको हो ? किन शेयर गर्नुभो ?’, उपमेयर बेघाले मेयर साम्पाङसँग प्रश्न गरे, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो । तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिँड्नुस् ।’

उनले उक्त स्टाटसको पुष्टि गर्न चुनौती दिए । यसबेला भने मेयर साम्पाङलाई आपत आइलाग्यो । स–साना कुरामै रमाउने गरेका मेयर साम्पाङ खासगरी सामाजिक सञ्जालमा प्रसंसा रुचाउँछन् । लाइक र कमेन्टमा रमाउने उनले आफ्नै उपमेयरको उक्त पोस्टले भने पिरलो बनायो । उनी यसबीचमा अक्क न बक्क बने ।

‘तपाईँले जे पायो त्यही बोल्न मिल्छ ?’ भन्ने उपमेयर बेघाको प्रश्नमा मेयर साम्पाङले आफू नेता भएको र उपनेताले धेरै काम, कर्तव्य गर्न नमिल्ने तर्क राखे ।

‘तपाईँ उपनेता हो, नेता त म हो । तपाईँ उपमेयर हो, उपमेयर भनेको उपनेता मात्रै हो,’ मेयर साम्पाङले भने, ‘केन्द्रसँग टसल गर्न साथ दिनु छैन ।’ साथ नदिएको बताइरहँदा उपमेयर बेघा झनै आक्रोशित बने । अहिलेसम्म एक शब्दपनि नबोलेको बताउँदै उनले साथ नदिएको कुराको पुष्टि गर्न चुनौती दिए ।

‘घरी गणराज्य बनाउँछु भन्नुहुन्छ । घरी धरान छुट्टै राज्य अरे,’ उपमेयर बेघाले भने, ‘घरी ताला लगाइदिन्छु भन्नुहुन्छ । घरी के भन्नुहुन्छ । धरानको नागरिकले तपाईँलाई जनताको अभिभावक होस् भन्ने चाहनुहुन्छ । तर, तपाईँ घरी कसको मुख टाल्नुहुन्छ, कसैको आँखा घोच्नुहुन्छ, कसैको भुँडी घोच्नुहुन्छ ।’

उता, मेयर साम्पाङले भने केन्द्र सरकारले हेर्नुपर्ने जवाफ दिएका थिए ।

यसअघि मेयर साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर कार्यकक्षबाट हटाएका थिए ।

सो विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले माफी मागेका थिए । ‘माफी माग्नुपर्यो भने मैले माग्ने हो, तपाईले त्यसरी माग्ने होइन’, मेयर साम्पाङले कार्यपालिका बैठकमा भने ।

मेयर साम्पाङ र उपमेयर बेघाबीचको चर्काचर्कीमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू भने मौनजस्तै बने ।

यसैबीच धरान उपमहानगरपालिका मेयर साम्पाङको कार्यकक्षबाट हटाएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आइतबार कार्यपालिका बैठक सभाहलमा राखिएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिकाआइन्द्रविक्रम बेघाहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते
FEATURE BREAKING

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.