धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले ताला लगाएका छन् ।
शिक्षक, कर्मचारीहरू आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेका उपकुलपति कार्कीको कार्यकक्षमा आज (सोमबार) दिउँसो मेयर साम्पाङले तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए ।
ताला लगाउदै मेयर साम्पाङले कसैले पनि ताला नखोल्न चेतावनी पनि दिए ।














Discussion about this post