संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुका अनुसार मृत्यु हुनेमा तुम्लिङटारकी ६२ वर्षीया दिलकुमारी घिमिरे रहेकी छन् ।
घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटनास्थलमै मृत्यु भएको जगेबुले बताए ।
घिमिरेको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post