Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरमा ल्याब प्रयोगशाला सुरु भएपछि सहज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ७, २०८०
in समाचार
0
इटहरी उपमहानगरमा ल्याब प्रयोगशाला सुरु भएपछि सहज
85
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शिव कुमार सरदार इटहरी १२ का स्थायी बासिन्दा हुन् । उनको टोलमा ड्रेन निर्माणको काम हुँदैछ । सरदार निर्माण उपभोक्ता समितिका सदस्य पनि हुन् । निर्माण हुँदै गरेको ड्रेनको गुणस्तरमा उनी चिन्तित छन् ।

निर्माण कार्यमा प्रयोग भएका बालुवा, गिटी, सिमेन्ट लगायतका निर्माण सामाग्रीको गुणस्तर कस्तो छ भनी परीक्षण गर्न उनी इटहरी उपमहानगरपालिकाको पूर्वाधार प्रयोगशालामा आएका छन् ।

निर्माण कार्यमा प्रयोग भइरहेको सामाग्रीको गुणस्तरको रिपोर्ट लिन आएका हुन्, उनी । सरदार परीक्षण प्रक्रियाको बारेमा पनि जानकार छन् ।

सरदारले भने, ‘सिमेन्ट कति हाल्यो, बालुवा कति हाल्यो, त्यो हेर्नुप¥यो । स्याम्पलको रिपोर्ट लिन आएको हो, उहाँहरूले भाँडो दिनुहुन्छ हामी स्याम्पल ल्याइदिन्छौँ, एउटा रिपोर्ट ७ दिनमा आउँछ, अर्को २२ दिनमा आउँछ । आज ७ दिनको रिपोर्ट लिन आएको हुँ ।’

इटहरी २ मा घरबार विहीन भएका, असहाय, अशक्तहरूलाई संरक्षण गर्दै आएको माया घर नेपालको भवन बन्दै छ । शहरी विकासको ठेक्कामा भवन बनाउने काम पाथीभरा कन्स्ट्रक्सन प्रा.लिले गर्दैछ । बन्दै गरेको भवनको गुणस्तरीय बनाउन ठेकेदार सुवास न्यौपाने सचेत छन् ।

उनी पनि निर्माण सामाग्रीको परीक्षण रिपोर्ट लिन पूर्वाधार प्रयोगशालामा भेटिए । ठेकेदार न्यौपाने यो भन्दा अघि यस्तो गुणस्तर रिपोर्ट लिन धरान र विराटनगर धाउने गरेको सुनाए ।

इटहरी उपमहानगरपालिकाले प्रयोगशाला सुरु गरेपछि उनलाई सजिलो भएको छ । धरान विराटनगर जानुपर्ने काम स्थानीय स्तरमै इटहरीबाट नै काम हुन थाले पछि सजिलो भएको बताए ।

ठेकेदार न्यौपानेले भने, ‘शहरी विकासको ठेक्का हो, माया घरको भवन बनाउँदैछौँ । ल्याब रिपोर्ट लिन आएको हो । पहिले पहिले ल्याब टेस्टका लागि धरान र मनमोहन जान्थ्यौँ । तर अहिले इटहरीले सुरु गरेपछि सजिलो भएको छ ।’

ल्याब रिपोर्ट पछि मात्रै निर्माण सुरु

सरदार र न्यौपानेजस्ता थुप्रै सेवाग्राही शुक्रवार निर्माण सामाग्रीको गुणस्तर रिपोर्ट लिन लाइनबद्ध थिए । पछिल्लो २ महिना देखि पूर्वाधार प्रयोगशालामा रिपोर्ट लिन आउनेको भिड नै लाग्न थालेको छ ।

उपभोक्ता समिति, निर्माण समिति, निजी क्षेत्रका निर्माणको क्षेत्रमा काम गर्नेहरू कन्स्ट्रक्सन प्रा.लिका मानिसहरू गुणस्तर परीक्षणका लागि इटहरी उपमहानगरको पूर्वाधार प्रयोगशालामा आउने गरेका छन् ।

उपमहानगरले सञ्चालन गर्ने हरेक योजना तथा आयोजनामा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्न उपमहानगरले भौतिक पूर्वाधार प्रयोगशाला स्थापना गरेको हो ।

निर्माणको क्षेत्रमा प्रयोग हुने बालुवा, गिटी, सिमेन्ट, डन्डी लगायत अन्य विभिन्न प्रकारका सामाग्रीहरूको परीक्षण गर्न सक्ने गरी आधुनिक औजार उपकरण सहितको भौतिक पूर्वाधार प्रयोगशाला सञ्चालनमा आएको शाखाका प्रमुख तथा इन्जिनियर आशिषराज शर्मा खत्वेले जानकारी दिए ।

पूर्वाधार प्रयोगशाला स्थापना भएपछि इटहरी उपमहानगरपालिकाले गर्ने भौतिक निर्माण तथा अन्य योजनाहरू सुरु हुनु भन्दा अगाडि निर्माण सामाग्रीको गुणस्तर परीक्षण गरी अनिवार्य रिपोर्ट लिनुपर्ने इन्जिनियर खत्वेले जानकारी दिए ।

कुनै पनि योजनाको सम्झौता भएपछि त्यसमा प्रयोग हुने निर्माण सामाग्री ढुङ्गा, बालुवा, गिटी,डन्डी, सबैको गुणस्तर तोकिएको हुन्छ । सो तोकिएको गुणस्तर अनुसार प्रयोग हुने सामाग्री गुणस्तर छ कि छैन भनेर प्रयोगशालाले परीक्षण गरी रिपोर्ट दिने इन्जिनियर खत्वेले जानकारी दिए ।

उपमहानगरका २० वटै वडा तथा नगरबाट हुने सडक,भवन निर्माणमा प्रयोग भइरहेका सामाग्रीको नमुना सङ्कलन गरी परीक्षण गर्ने गरेको उनले सुनाए ।

त्यो सँगै अनुगमन, कुनै गुनासो वा उजुरी आएको अवस्थामा फिल्डमा पुगेर नमुना सङ्कलन गरी परीक्षण गर्ने र गुणस्तर अनुसार छ या छैन भनेर रिपोर्ट दिने काम पनि पूर्वाधार प्रयोगशालाले गर्छ ।

परिक्षण गर्न अन्य जिल्लाबाट पनि

इटहरीका मात्रै नभएर छिमेकी पालिका तथा जिल्लाहरूबाट पनि परीक्षणका लागि इटहरीमा आउने क्रम सुरु भएको इन्जिनियर खत्वेले जानकारी दिए ।

इन्जिनियर खत्वेले भने, ‘इटहरीमा पूर्वाधार प्रयोगशाला सुरु भएपछि छिमेकी पालिका सुन्दरहरैँचा, वराहक्षेत्रदेखि पहाडी जिल्लाका पालिकाहरूबाट पनि गुणस्तर परीक्षणका लागि आउने गरेका छन् । आज मात्रै भोजपुरको हतुवागढिको रिपोर्ट पठाएका छौँ ।’

इटहरी निर्माणको क्षेत्रमा गुणस्तर परीक्षणका लागि हब बन्न सक्ने इन्जिनियर शर्मा बताउँछन् । सरकारी तथा निजी क्षेत्रबाट हुने जुनसुकै निर्माण सामाग्रीहरूको गुणस्तर मापन सेवा इटहरीको पूर्वाधार प्रयोगशालाले दिने उनको भनाई छ ।

‘यो कुरा धेरै सरकारी तथा पालिकाहरूलाई जानकारी छैन । उहाँहरू धरान, विराटनगर जानुपर्ने अवस्था छ । हामी इटहरीबाट नै गुणस्तरको मापन गरी सहज रूपमा रिपोर्ट दिन्छौँ । टाढा धाउनु अब पर्दैन,’ इन्जिनियर शर्माले भने ।

प्रयोगशालालाई पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट अनुमति लिएर सञ्चालन भएकाले पूर्ण विश्वसनीय हुने इन्जिनियर शर्मा दाबी गर्छन् ।

‘अरू ठाउँहरूले पनि पुल्चोक क्याम्पसबाट नै अनुमति इजाजत लिएर प्रयोगशाला स्थापना गर्ने हो । हामीले पनि पुल्चोकबाट नै अनुमति लिएका छौँ त्यसैले विश्वसनीय रिपोर्ट दिन्छौँ,’ इन्जिनियर शर्माले विश्वास दिलाए ।

इटहरी उपमहानगरपालिकाले गएको मङ्सिर महिनादेखि पूर्वाधार प्रयोगशालाबाट सेवा दिन थालेको हो ।

हालसम्म २७० जनालाई गुणस्तर परीक्षण रिपोर्ट वितरण गरिसकेको प्रयोगशालाले बताएको छ । पछिल्लो दिनमा यो सङ्ख्या थप बढ्दै गएको प्रयोगशालाले जानकारी दिएको छ ।

अगुमनलाई प्रभावकारी बनाउन खाद्य प्रयोगशाला

इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको परीक्षण गर्न खाद्य प्रयोगशाला पनि सुरु गरेको छ । विशेष गरी खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न प्रयोगशाला सुरु गरिएको हो ।

बजार अनुगमनमा जाँदा भौतिक रूपमा आँखाले देख्ने वस्तुको मात्रै निरीक्षण वा परीक्षण गरिन्छ । उत्पादन मिति, प्रयोगको म्याद अवधि हेरेर मात्रै राम्रो वा नराम्रो ठम्याइन्छ ।

तर आँखाले नदेख्ने खाद्य वस्तुमा गरिएको मिसावट त्यसै नजर अन्दान गर्नुपर्ने अवस्था छ ।

तर अब इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई प्राथमिकतामा राखेर आँखाले देख्न नसकिने गरी मिसावट गरिएका वस्तुहरूको पनि ल्याबमा परीक्षण गर्नेछ ।

बजार अनुगमनमा जाँदा शङ्का लागेका वस्तुको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरी गुणस्तर छ या छैन भनी पत्ता लगाउने खाद्य प्रयोगशालाकी खाद्य निरीक्षक अनु अर्यालले जानकारी दिइन ।

खाद्य प्रयोगशालाले पहिलो चरणमा ठोस तथा तरल खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने उनले सुनाइन् ।

अर्यालले भनिन्, ‘पहिलो चरणमा खाद्य वस्तुको गुणस्तर जाँच गर्नेछौँ, खाद्यवस्तुको तौल,बालुवा ढुङ्गा, मिसावट गरिएका वस्तु,दूध तथा तेल लगायतका तरल पदार्थमा गरिएको मिसावट परीक्षण गर्न सक्छौँ ।’

खाद्य प्रयोगशालाले इटहरीका होटलहरुमा पकाएको खानाको गुणस्तर परीक्षण गरी खाने कुरामा अखाद्य वस्तुको मिसावटको बारेमा पनि परीक्षण गर्ने खाद्य निरीक्षक अर्यालले जानकारी दिइन् ।

‘हामी कहाँ धेरै गुनासो आउँछ, नराम्रो तेलमा पकाएको खानेकुरा खुवाइन्छ, तारेको तेलमा पकाइन्छ भन्ने जस्ता गुनासोहरू आउँछन्, अब हामी तेलमा भएको मिसावटका विषयमा पनि परीक्षण गरी रिपोर्ट दिन्छौँ,’ अर्यालले भनिन्

‘अन द स्पट’ गुणस्तर परीक्षण मेसिन पनि ल्याउने योजना रहेको उनले बताइन् । यो मेसिन ल्याएपछि बजार अनुगमनमा जाँदा शङ्का लागेको खाद्य वस्तुको तत्काल परीक्षण गरी तत्काल रिपोर्ट दिन सक्ने उनले जानकारी दिइन् ।

 

– ADVT

Tags: #इटहरी उपमहानगरपालिकाल्याब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1369 shares
    Share 548 Tweet 342
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    517 shares
    Share 207 Tweet 129
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.