Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा नगर प्रहरीले दुःख दिएको भन्दै सफारी चालकहरू आन्दोलित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ७, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा नगर प्रहरीले दुःख दिएको भन्दै सफारी चालकहरू आन्दोलित
127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा नगर प्रहरीले दुःख दिएको भन्दै सिटी सफारी चालकहरू आन्दोलित बनेका छन् ।

आइतबार इटहरी उपमहानगरपालिका गेट अगाडि बाक्लो मात्रामा भेला भएका चालकहरूले मजदुरमाथि नगर प्रहरीबाट ज्यादती भएको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।

इटहरी नगर प्रहरीले ट्राफिक प्रहरीसँगको सहकार्यमा सफारी चालकहरूको कागजपत्र जाँच गर्ने र लाइसेन्स माग्ने गरेको, लाइसेन्स नहुनेलाई दैनिक पाँच सय जरिवाना काटेको र दैनिकजसो समस्या उत्पन्न गराएको आरोप लगाउँदै इटहरीभरमा रहेका सयौँको संख्यामा सफारी चालकहरू आन्दोलनमा उत्रन बाध्य भएको बताइएको छ ।

सफारी चालक देवराज तिम्सिनाले लाइसेन्सका लागि आफूहरूले समय माग गरेको भएपनि दैनिक फाइन तिराएर मजदुर मार्ने काम भएको बताए ।

‘लाइसेन्स भनेको आजको भोलि बन्ने चिज होइन । हामीले यातायात कार्यालयसँग बारम्बार लाइसेन्सको प्रक्रियाबारे बुझिरहेका छौँ,’ तिम्सिनाले भने, ‘ट्रायलको अवस्थापनि उस्तै गाह्रो छ । हामीलाई लाइसेन्सका लागि कम्तिमा ६ महिनाको समय चाहिन्छ ।’ उनले लाइसेन्स बनाउने प्रक्रिया नै झण्झटिलो रहेको बताए ।

दिनमा १०, २० रुपैयाँ गरेर कमाएको पैसा ट्राफिक प्रहरीलाई तिर्दै नपुग्ने उनको भनाइ छ । नियमनमा आउने भएपनि दैनिक मजदुरमारा नीति लागू गरेकाले उपमहानगर परिसरमा आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

इटहरी ८ की सबिना बिककाअनुसार नगर प्रहरीले कागजात चेक गर्ने, फाइन काट्नेजस्ता काम गरेको बताइन् । सफारी सञ्चालन भएको १३ वर्ष भएको र यसलाई व्यवस्थापन गर्नुपर्ने भएपनि इटहरी उपमहानगरले जथाभावी रूपमा गरिखाने मजदुरमाथि यातना दिएको उनको दुःखेसो छ ।

‘जहाँ पायो त्यहीँ फाइन काट्ने गरिएको छ । नियम, कानुन विपरीत नै इटहरी नगर प्रहरीले हस्तक्षेप गरेको ग¥र्यै छ,’ उनले टाकुरा न्यूजसँग भनिन्, ‘हाम्रो पक्षमा केही काम हुन्छ भनेर जिताएको, उल्टै हामीमाथि शासन भयो ।’

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले मजदुर वर्गको समस्याको सम्बोधन नगरेको र उल्टै उत्पीडित वर्गमाथि शासन गरेको सफारी चालकहरूको गुनासो छ ।

सफारीका कारण अहिले इटहरीमा पार्किङ्ग व्यवस्थापन चुनौतीपूर्ण छ । इटहरीको सडक व्यवस्थापनमा चुनौती बनेका सफारी इटहरी उपमहानगरपालिकामा दर्ता नहुँदा समस्यासमेत हुने गरेको छ ।

त्यसो त इटहरी उपमहानगरले यसअघि ‘टाइम कार्ड’समेत लागू ग¥यो । खासगरी मोरङको सुन्दरहरैँचा, सुनसरीको दुहबी, रामधुनी लगायतमा सञ्चालन अनुमति पाएका सफारी पनि इटहरी आवतजावत गर्ने गरेका छन् ।

नियमानुसार जुन पालिकामा दर्ता भएका हुन् र जुन रुटमा सञ्चालन अनुमति पाएका हुन्, त्यही स्थानमा सफारी सञ्चालन गरिनुपर्ने व्यवस्था छ । तर, छिमेकी पालिकामा दर्ता भएका सिटी सफारी पनि इटहरी नगरभित्रै सञ्चालन हुँदा समस्या भइरहेको एकथरी चालकहरू बताउँछन् ।

अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक सङ्घ कोशी प्रदेशका अध्यक्ष कुमार तामाङले सबै सरोकारवालासँगको सहकार्यमा उपमहानगरपालिकाले दर्ता प्रक्रिया र टाइम कार्डको व्यवस्था लागू गरेको भएपनि पार्किङ व्यवस्थापनमा भने कठिनाइ भएको बताए ।

उनले भने, ‘पार्किङ्गको व्यवस्थापन नहुँदा समस्या भएको छ । अहिले लाइसेनसको प्रक्रियासमेत झण्झटिलो भएकाले झनै समस्या थपिइरहेको छ ।’

कोशी प्रदेशका सहरी क्षेत्रमा छोटो दूरीमा यात्रु बोक्ने र मालसामान ओसार्ने सजिला सवारीका साधन हुन्, सिटी सफारी । ब्याट्री जडान भएका सफारी वातावरणमैत्री समेत भएका कारण सफारीमा सबैको आकर्षण छ । सफारीले स्थानीय स्तरमा रोजगारी समेत सृजना गरेका छन् ।

सस्तो मूल्यमा उपलब्ध हुने सफारी प्रदेशको मुख्य चोक इटहरीमा ७० सालको सेरोफेरोबाट सञ्चालनमा आएको हो ।

विना मापदण्ड र अध्ययनविना भित्रिएका सफारीका कारण सडक व्यवस्थापनमा चुनौती थपिएपछि २०७३ असोजमा ट्राफिक प्रहरीले मुख्य सडकमा सफारी सञ्चालन गर्न नदिने निर्णय ग¥यो । निर्णय कार्यान्वयनमा ट्राफिक प्रहरीले काम थालेपछि इटहरीमा सफारी चालकहरू आन्दोलित बने ।

‘रगत दिन्छौँ, सडक छाड्दैनौँ’ भन्दै सफारी चालकहरूको आन्दोलन गरेपछि ट्राफिक प्रहरी आफ्नो निर्णयबाट पछि हटेको थियो । सडकमा क्षमताभन्दा बढी सफारी सञ्चालनमा आएपछि सफारी व्यवस्थापनका लागि इटहरी उपमहानगरले पटकपटक प्रयास थाल्यो ।

अनौपचारिक तथ्याङ्कअनुसार उपमहानगरपालिका क्षेत्रभित्र तीन हजार हाराहारीमा सफारी सञ्चालनमा रहेका छन् ।

तिनीहरूको व्यवस्थापनका लागि उपमहानगरले यही पुस २ गतेबाट टाइम कार्डको व्यवस्था सुरु गरेको थियो । अहिले भने नगर प्रहरीले नै कागजात जाँच गर्न थालेको र दैनिक पाँच सय फाइन शुल्क तिराउन थालेपछि भने आन्दोलनका उत्रन बाध्य भएको मजदुरहरू बताउँछन् ।

यता, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलले नगर प्रहरीले कागजात जाँच गर्न नपाउने तर दर्ताको हिसाबमा स्थानीय यातायात ऐनअनुसार नगर क्षेत्रभित्रै चल्ने सवारी साधनलाई जाँच गर्न पाउने बताए । उनकाअनुसार उपमहानगरले नै रुटको व्यवस्थापन गर्ने भएकाले दर्ताको कागजात जाँच गरिएको बताए ।

‘हामीले र नगरले समन्वय गरेर ब्लुबुक फेल भएकाको नवीकरण र लाइसेन्स नभएकाको लाइसेन्स निकाल्ने प्रक्रियामा मोटिभेट गरेका छौँ,’ एसपी पौडेलले भने, ‘कागजात नभएकाहरूलाई हामीले नगरपालिकाकै होल्डङ सेन्टरमा पठाएका पनि छौँ ।’

उनले होल्डिङ सेन्टरमार्फ लाइसेन्स निकाल्न तथा ब्लुबुक नवीकरण गर्न सुझाएको बताए । ‘त्यति हुँदाहुँदै पनि अटेरी गरेका कारण रोडमा कुद्ने सवारी होइन भनिएकाले कारबाहीको दायरामा ल्याएका हौँ,’ उनले भने ।

लाइसेन्स निकाल्ने प्रक्रिया अटो रिक्साको जस्तै रहेका कारण यातायात कायार्लयमार्फत लाइसेन्स निकाल्नुपर्ने र नवीकरण गर्न बाँकी रहेकाले पनि नवीकरण गर्नुपर्ने उनको भनाइ छ ।

Tags: #इटहरी उपमहानगरपालिकाआन्दोलनटाकुरा विशेषसफारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1545 shares
    Share 618 Tweet 386
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    617 shares
    Share 247 Tweet 154
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.