इटहरी : सुनसरीमा ३३ केजी गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको हो।
कोसी गाउँपालिका वडा नं. ८ स्थित परालको कुनिउँभित्र लुकाई राखेको अवस्थामा ३३ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नं. ४ गणका सशस्त्र प्रहरीका एसपी लकेशकुमार तुम्बाहाम्फेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउनदेखि पुस मसान्तसम्ममा १२१ जना लागूऔषध मुद्दामा पक्राउ गरिएको छ ।
भारतीय बजारमा धरान, इटहरी, झुम्का, बराहक्षेत्र, इनरुवा, लौकहीलगायतका स्थानका युवाहरू लागूऔषध सेवन र किनमेलका लागि पुग्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।














Discussion about this post