इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्न एकदिने कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले शनिबार क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गर्दै अंग्रेजी भाषाको क्षमता अभिवृद्वि गर्नका निम्ति सहजीकरण गरेको हो ।
कार्यक्रममा प्राधापकत्रय विष्णु कार्की, उषाकिरण वाग्ले र पर्शुराम श्रेष्ठले सहजीकरण गरेका थिए ।
बिएड, एमएड र बिएमा अंग्रेजी ऐच्छिक विषय लिएर पढ्ने विद्यार्थीहरूको अंग्रेजी भाषागत सीप क्षमता अभिवृद्धि गर्न गोष्ठी आयोजना गरिएको स्ववियु जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले बताए ।
उनका अनुसार तीनजना सहजकर्ताले अंग्रेजी भाषाको क्षमता, स्कोप तथा कक्षाकोठाको नवीनतम प्रयोगबारे सहजीकरण गरेका थिए ।
यसैबीच अंग्रेजी विद्यार्थीहरूको संघसमेत गठन गरिरएको छ ।
मेनुका थापा मगरको अध्यक्षतामा २३ सदस्य समिति गठन गरिएको हो । जनता क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको अंग्रेजी भाषा, ज्ञान, क्षमता वृद्धि गर्ने उदेश्यले उक्त संघ गठन गरिएको हो ।
Discussion about this post