धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालो मोसो दल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनराज भण्डारीका अनुसार मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीमबहादुर सार्की, शेरबहादुर कटुवाल र खेम थापा रहेका छन् ।














Discussion about this post