सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोसी नदीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ ।
बुधबार (आज) बिहान पौने ९ बजे ६० वर्षीय पुरुष मानिस नदीमा हामफालेको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको हो ।
उद्धार गरिएका पुरुषलाई प्रहरीले सम्झाई–बुझाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post