धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीलाई कालोमोसो दल्ने प्रयास गरी दुर्व्यहार गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
इलाका प्रहरी कार्यालय धरानले बुधबार अभद्र व्यवहारको मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
मंगलाबार डाक्टर कार्कीलाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ता भीमबहादुर सार्की, शेरबहादुर कटवाल र खेमबहादुर थापाले कार्यकक्षमा कालोमोसो दल्ने प्रयास गरेका थिए।
प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।














Discussion about this post