Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हजुरबुबा–हजुरआमा पुस्ता र नाति–नातिनी पुस्तालाई जोड्दै इटहरीको मोडर्न प्रिपेरेटोरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०८०
in विविध, समाचार
0
हजुरबुबा–हजुरआमा पुस्ता र नाति–नातिनी पुस्तालाई जोड्दै इटहरीको मोडर्न प्रिपेरेटोरी
140
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी माध्यमिक विद्यालयमा हजुरबा–हजुरामाका लागि प्राथमिक तहका बालबालिकाहरुले आ–आफ्नो प्रस्तुति देखाएका छन् ।

शुक्रवार हजुरबुबा–हजुरआमा विशेष कार्यक्रम ग्रेण्ड प्यारेन्ट्स डे – २०८० मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका हुन् ।

वरिष्ठ भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपानेका प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थीका हजुरबुबा हजुरआमाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

आफू बालबालिका र जेष्ठ नागरिक केन्द्रित यस्तो कार्यक्रममा पहिलोपटक सहभागी भएको बताउँदै प्रा.डा. न्यौपानेले खुसी भएको व्यक्त गरे । हजुरबुबा–हजुरआमा पुस्ता र नाति–नातिनी पुस्ता बीचको निकटताले बालबालिकामा अत्यन्तै सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने नागरिकको निर्माणको कार्यको प्रारम्भ घरपरिवारबाटै हुने प्रा.डा. न्यौपानले बताए ।

उनले भने, ‘हजुरबुबा–हजुरआमासँगको सामिप्यता पाएका साना बालबालिकाले मायाप्रेम, आफ्नो पुर्खाको विरासत र संस्कार पाउँछन् । जसले गर्दा उनीहरूको वृत्तिविकासमा सकारात्मक सहयोग पुग्छ । हजुरबा–हजुरआमा पुस्ताले दिएका ज्ञानमा उनीहरूको जीवनको इतिहास लुकेको हुन्छ । बच्चाहरूको उचित विकासको लागि हजुरबा–हजुरआमाको साथ महत्वपूर्ण हुन्छ ।’

बालबालिकालाई सम्हाल्ने सवालमा बाबुआमा पुस्ताभन्दा पनि हजुरबा–हजुरआमा पुस्ता परिपक्व हुने उनको भनाई छ ।

उनले भने, ‘जेष्ठ नागरिक पुस्ता बाल मनोविज्ञान सहजै बुझ्न सक्छन् । उनीहरूसँग आफ्ना छोराछोरीलाई हुर्काएको अनुभव हुन्छ । त्यही अनुभवका कारण उनीहरूले बालबालिकाको स्याहारसुसार राम्ररी गर्न सक्छन् । त्यसैले जेष्ठ नागरिक पुस्ता र नाति–नातिनी पुस्ता बीचको निकटता फलदायी हुन्छ ।’

विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार अन्य समयमा अभिभावक दिवसको समयमा विद्यार्थीका बा–आमा मात्रै आउने भएपनि यो कार्यक्रममा भने जेष्ठ नागरिक हजुरबा–हजुरामाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति प्रस्तुत गरिएको हो ।

‘कुनै समय आजका हजुरबा–हजुरामाले हात समाएर ल्याउनुभएका छोराछोरीहरू आज आफ्ना छोराछोरीको हात समाएर विद्यालय आउनुहुन्छ,’ उनले भने, ‘आज उनै हजुरबा–हजुरामालाई सम्मान समेत गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’

पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले पनि विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ ।

बालबालिकाहरूले आफ्ना हजुरबुबा–हजुरआमाबाट निःस्वार्थ प्रेम, भावनात्मक समर्थन तथा सुरक्षा प्राप्त गर्दछन् । यसले बच्चाको विकासको जग राख्नमा अहम भूमिका खेलेको हुन्छ । उनीहरूले बच्चाको असल आनीबानीको विकास गर्दछन् र आफ्नो संस्कारसँग पनि परिचित गराउँने विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए ।

आफ्ना नाति–नातिनाको प्रस्तुति हेर्दा आमन्त्रितहरू प्रफुल्ल देखिएका थिए । कार्यक्रममा डायनामिक करियर एजुकेसनकी शैक्षिक परामर्शदाता अन्जु रेग्मीले स–साना बालबालिका र जेष्ठ नागरिक हजुरबुबा हजुरआमालाई केन्द्रित कार्यक्रम इटहरीमा पहिलोपटक देखेको बताइन् ।

साना नानीहरूलाई आफ्ना हजुरबुबा–हजुरआमासँग भावनात्मक रूपमा जोड्ने यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक मानोवैज्ञानिक प्रभाव पार्ने उनको भनाइ थियो ।

कार्यक्रममा अभिभावकहरू कौशिला चौधरी, शेखर शाही (गोठाले) लगायतले विद्यालयका शैक्षिक गतिविधिले आफ्ना बालबालिकामा आएको परिवर्तनबारे चर्चा गरे ।

उनीहरूले जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुपर्छ भन्ने उदेश्यले राखिएको उक्त कार्यक्रम रचनात्मक र सकारात्मक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्राथमिक तहका करिब सय बालबालिकाहरूले दर्जन बढी प्रस्तुतिहरूमा सहभागिता जनाएका थिए । कार्यक्रममा उपस्थित हजुरबुबा–हजुरआमामध्ये उमेरका आधारमा जेष्ठ सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

Tags: टंकप्रसाद न्यौपानेमणिकुमार पौडेलमोडर्न प्रिपेरेटोरीशिक्षासञ्जीव वाग्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1010 shares
    Share 404 Tweet 253
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.