Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०८०
in समाचार
0
भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण
95
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।

आठ परिवार बस्नेगरी निर्माण भएको आवास भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन ब्राइट वुल-युडी जेभीले निर्माण सम्पन्न गरेको हो ।

भवन निर्माणको काम २०७८ भदौदेखि सुरु गरिएको थियो । एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोभिडलगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ ।

तोकिएको मापदण्डअनुसार गुणस्तरीय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताउनुभयो ।

तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम गरेको भए पनि कोभिडका कारण नौ महिना म्याद थप्नुपरेको उहाँको भनाइ छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कामु आयोजना प्रमुख सुमनकुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गर्नुभएको हो ।

नर्सिङ आवास भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पतालका प्रमुख डा.शिवजी रिजालले बताउनुभयो । आवास भवन नहुँदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उहाँको भनाइ छ ।

“नर्सिङ आवास नहुँदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो”, प्रमुख रिजालले भन्नुभयो, “आवास नहुँदा बाहिर बस्नुपर्ने भएकाले रातको समयमा धेरै समस्या थियो, अब भने बिरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।”

भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको जनाउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यवस्थापनका लागि अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताउनुभयो । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उहाँको भनाइ छ । 

Tags: #भोजपुर#राससअस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.