विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथै हुनुपर्ने बताएका छन् ।
विराटनगर ६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापन कार्यक्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्याउनुपर्ने बताएका हुन् ।
‘नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ्य नागरिक बनाउने अभियान हो,’ उनले भने, ‘प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरू गरिसकेका छौं ।’
आर्थिक अभावमा प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उनले प्रतिबद्धता जनाए ।
विराटनगमा देखिएको खानेपानीको समस्या समाधानका लागि ५ अर्बको योजना सम्झौता भइसकेको र अब आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।














Discussion about this post