मोरङ : मोरङको रंगेली नगरपालिका ७ स्थितबाट हरिणको सिङ र लागूऔषध गाँजासहित एकजना माहिलालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली ७ निचामारी टोल बस्ने ५५ वर्षीया सागरदेवी यादवको घर खानतलासी गर्दा घरमा लुकाईछिपाई राखेको चारथान हरिणको सिङ र एक किलो, ६९७ ग्राम गाँजा बरामद गरेको हो ।
अवैध रूपमा हरिणको सिङ र गाँजा बरामद भएसँगै पक्राउ परेकी यादवमाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post