धरान : सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
सामूहिक जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतबाट २०६७ सालमा नौ वर्ष पाँच महिना १९ दिन कैद फैसला भइ फरार रहेका बराहक्षेत्र नगरपालिका १ बस्ने वर्ष ३७ को अर्जुन विश्वकर्मालाई पक्राउ गरिएको डीएसपी नवराज मल्लले जानकारी दिए ।
१३ वर्ष अघि नाबालिका १५ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेका उजुरीपछि खोजतलास गर्ने क्रममा लुकिछिपी धरान क्षेत्रमै बस्दै आएका उनलाई धरान १२ बाट पक्राउ गरेको मल्लले बताए ।
पक्राउ परेका प्रतिवादीलाई सुनसरी जिल्ला अदालतमा पेस गरिएकोमा तोकिएको कैद जरिवाना भुक्तानीका लागि झुम्का कारागार चलान गरिएको छ ।














Discussion about this post