Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धाकधम्की दिएर जबरजस्ती चन्दा माग गर्ने दुई पक्राउ, दुवैजना आपराधिक पृष्ठभूमिका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०८०
in समाचार
0
धाकधम्की दिएर जबरजस्ती चन्दा माग गर्ने दुई पक्राउ, दुवैजना आपराधिक पृष्ठभूमिका
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पूर्वका शैक्षिक संस्थाहरूमा चन्दा आतङ्क सिर्जना गर्ने र नदिए विष्फोटक पदार्थ राखेर ध्वंसात्मक गतिविधि गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

भूमिगत सङ्गठनको नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए विष्फोटक पदार्थ राखेर आतङ्क सिर्जना गर्ने गिरोहका सदस्य सक्रिय रहेको पाइएको हो ।

शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।

मोरङ तथा अन्य जिल्लाहरूमासमेत रहेका शैक्षिक संस्थाहरूमा भूमिगत संगठनका नाममा चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा माङसेबुङ गाउँपालिका १ गजुरमुखी इलामका ३८ वर्षीय प्रविण मिश्र र याङवरक गाउँपालिका १ च्याङथापु पाँचथरका ३० वर्षीय विपिन अधिकारी रहेका छन् ।

पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लामो डेडकर्ड, सोडा आधा केजी, सहयोग रसिद २ ठेली, आर्थिक सहयोग सम्बन्धी लेखिएको पत्र ५ थान, मुक्तिनाथ प्रकाशनको प्रेस कार्ड, मोबाइल ३ थान र एनसेलका सिमहरू ५ थान बरामद गरिएको छ ।

यसैगरी अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १–१ थान, मुक्तिनाथ प्रकाशनको प्रेस कार्ड, एसबिआई बैँकको चेकबुक, मोबाइल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ ।

पक्राउ परेका दुईजनाले विराटनगर ३ मा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त वस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

‘सुनसरी र झापाका शैक्षिक सङ्घ–संस्थाहरूमा चन्दा असुली गरेको सूचना थियो । उक्त समूह झापापछि मोरङ आएको हामीले सूचना पाएका थियौँ । चन्दा असुलीको पत्र पठाएको जानकारी पायौँ र त्यसपछि पक्राउ गर्न विशेष प्रहरी परिचालन गरियो’ मोरङका एसपी दीपक पोखरेलले भने, ‘चन्दा नदिने शैक्षिक संस्थाअगाडि पनि विष्फोट गराउने उनीहरूको उद्देश्य थियो । त्यो हामीले पूरा हुन दिएनौँ । बेलैमा सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएका छौँ ।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आपराधिक पृष्ठभूमिका

दुवै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मङ्गलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।

मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थसम्बन्धी ४ वटा मुद्दा चलेको पाइएको छ ।

अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको उनले बताए ।

‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्’ एसपी पोखरेलले भने, ‘पछिल्लो समय नयाँ भूमिगत सङ्गठनमा आबद्ध भएर चन्दा आतङ्क मच्चाइरहेको पाइएको छ ।’

Tags: #पक्राउ#मोरङअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.