बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित सप्तकोसी नदीको किनारबाट ४ सय ६ केजी लागूऔषध गाँजा लोड भएको बोलेरो गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायर गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको उक्त गाँजा ४०६ केजी ९४० ग्राम रहेको बताइएको छ ।
गाँजासहित बोलेरो चालक धरान उपमहानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी ८ का २७ वर्षीय लक्ष्मण राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post