धरान : सरस्वती पूजाको अवसर पारेर धरान १६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ ।
बुधबार मन्टेश्वरीले सरस्वती पूजाको अवसरमा समुदायमा आधारित स्थानीय प्रगति बाल विकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
मन्टेश्वरीकी सञ्चालिका ओमुकुमारी राईले केन्द्रलाई सामाग्री हस्तान्तरण गरिन् । मन्टेश्वरीले सरस्वती पूजाकै अवसर पारेर अक्षरारम्भ कार्यक्रमसमेत आयोजना गरेको छ ।
स–साना बालबालिकाहरूलाई पारिवारिक वातावरणमा अध्यापन गराउनुका साथै चिकित्सकीय सेवाको समेत व्यवस्था गर्दै आएको उनले बताइन् ।













Discussion about this post