इटहरी : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले आयोजना गरेको क्यान इन्फोटेक सुरु भएको छ ।
बिहीबारदेखि इटहरी ९ स्थित जनता माविको खेल मैदानमा सुरु भएको इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन तथा बिक्री वितरण गरिने लक्ष्य लिइएको छ ।
इन्फोटेकको कोसी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरेका थिए । प्रदर्शनीले कोसी प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने उनले बताए ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने र इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरू सुपथ मुल्यमा किन्न सकिने व्यवस्था रहेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताए ।
क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गरी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता संगठन क्यानले आयोजना गरिएको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले बताए ।
Discussion about this post