ताप्लेजुङ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका २ आम्बेगुदिनमा माथिबाट झरेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ।
आम्बेगुदिनको बारुन्दिनटोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुंगा लागेर ५६ वर्षका कर्णबहादुर कुँवरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले कर्णबहादुरको बाटो बनाउने क्रममा झरेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएकोे पुष्टि गरे ।
डिएसपी लिम्बूले शुक्रबार (आज) बिहान करिब ११ बजेतिर उक्त घटना भएको र थप अनुसन्धान भइरहेको बताए ।














Discussion about this post