Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जुत्ता मेला लगाउने आयोजकलाई इटहरीका व्यापारीहरूले ‘हाम्रो भाग खोस्न आउनुभयो’ भनेपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०८०
in टाकुरा विशेष, समाचार
0
जुत्ता मेला लगाउने आयोजकलाई इटहरीका व्यापारीहरूले ‘हाम्रो भाग खोस्न आउनुभयो’ भनेपछि…
143
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा शुक्रबारदेखि सुरु हुने भनिएको जुत्ता–चप्पल मेलामा इटहरीका व्यापारीहरूले अवरोध गरेका छन् ।

शुक्रबार (फागुन ११) देखि ३५ दिन (चैत १५) सम्म इटहरीमा शुभकामना फुटवेयर इन्ड्रष्ट्रिज प्रालिले जुत्ता–चप्पल मेला लगाउने प्रशासनको अनुमति लिएपनि इटहरीका व्यापारीहरूले अवरोध गरेका हुन् ।

खासगरी उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा व्यापारीहरूले ‘सिण्डिकेट’ गरेका छन् ।

आयोजक समितिका अध्यक्ष, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले यहाँका व्यवसायीहरूले उपभोक्ताले सस्तोमा किन्ने अधिकार नै वञ्चित गर्न खोजेको बताए ।

‘तपाईँहरूले हाम्रो भाग खोस्न आउनुभयो, सस्तो बेचेपछि हामीलाई असर पर्छ भनेर यहाँका १०, १२ जना व्यापारीहरूसहित उद्योग वाणिज्य संघ इटहरीले विरोध ग¥यो,’ घिमिरेले भने, ‘यहाँका व्यापारीका कारण उपभोक्ताले सस्तोमा किन्ने अधिकार पनि वञ्चित भएको छ । र, संविधानप्रदत गरिखाने अधिकारपनि वञ्चित भएको छ ।’

मेलामा जुत्ता–चप्पल सस्तोमा बिक्री हुने भएकाले इटहरीको व्यापारमा ह्रास आउने भएको भन्दै व्यापारीहरूले आपत्ति जनाएका हुन् । यससँगै शुक्रबार इटहरीका मेयर हेमकर्ण पौडेलबाट उद्घाटन हुन लागेको मेला स्थगित भएको छ ।

‘उहाँहरू (उवासंघ)बाट मेला गर्न पाउनुहुन्न भन्ने कुरा आयो । त्यसैकारण मेयरको निर्देशनमा तत्काललाई उद्घाटन कार्यक्रम स्थगित गरिएको हो,’ उनले भने, ‘कार्यक्रम उद्घाटन गर्नु, प्रचारप्रसार पनि गर्नु, तर बेच्न पाउनुहुन्न भन्ने कुरा आयो । यो कस्तो खालको कुरा हो ? व्यवसाय गर्न पाउनुहुन्न, बेच्न नै पाउनुहुन्न भन्न पाइन्छ ?’

मेलामा नेपाली उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तालाई नेपाली उत्पादनको गुणस्तरबारे बुझाउने लक्ष्य लिइएको थियो । यसले उपभोक्तालाई प्रत्यक्ष लाभ हुनेभएपनि इटहरीका व्यापारीहरूले अवरोध गरेको घिमिरे बताउँछन् ।

‘हामीले हाम्रो उत्पादन १५ देखि २० प्रतिशत नाफा राखेर बिक्री गर्छौँ । तर, यहाँका व्यापारीहरूले एक जोर जुत्तामा एक सयदेखि दुई सय प्रतिशत नाफा राखेर बिक्री गर्नुहुन्छ,’ घिमिरेले भने, ‘राज्यले व्यापार घाटा सहेर बसेको बेलामा आयातलाई प्रतिस्थापन गर्नु हाम्रो उदेश्य हो । हामीले यो मेलामा बाहिरबाट आएर भएपनि यहीँका ४५ जना स्थानीयबासीलाई रोजगारी दिएका छौँ ।’

उनले उपमहानगरपालिकार आन्तरिक राजस्व कार्यालयमा कर तिरेर विधिसम्बत तरिकाबाट मेला आयोजना गर्न लाग्दापनि उवासंघले ‘दादागरी’ शैली अपनाएको बताए ।

उद्योव वाणिज्य संघले समग्र व्यापारीको कुरा गर्नुपर्ने भएपनि इटहरी उवासंघले यहाँका निश्चित व्यापारीको मात्रै कुरा गरेको घिमिरेको भनाइ छ । आफूहरूको उदेश्य व्यापार मात्रै भन्दापनि नेपाली उत्पादनको गुणस्तरबारे उपभोक्तालाई जानकारी गराउने रहेको उनले बताए ।

उनले थपे, ‘नेपाली उत्पादनप्रति आम उपभोक्ताको विश्वासलाई बलियो बनाउनुपर्ने र थप रोजगारी सृजना गर्ने हाम्रो उदेश्य थियो । तर, स्थानीय व्यापारीबाटै सिण्डिकेट भयो ।’

उनले उद्घाटन कार्यक्रम स्थगित भएपनि मेला भने जारी रहेको बताए ।

यता, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले नेपाली उत्पादन कम्पनीले मेला लगाउनुअघि यहाँका व्यापारीहरूलाई कत्तिको असर गर्छ भनेर ख्याल गर्नुपर्ने प्रतिक्रिया दिए ।

‘हामीले उद्घाटनमा थाहा पाएपछि स्थानीय व्यापारीहरूले असन्तुष्ट जनाउनुभयो । मेला लगाउनै दिन्नौ भनेर चर्काचर्की पनि भयो । उद्घाटन गर्न पाउने तर बेच्न नपाउने भन्ने समन्वय भएको थियो,’ पराजुलीले भने, ‘व्यवसायीसँग जोडिएको कुरा उत्पादनकर्ताले सिधै आएर बजारमा छिर्दा विरोध त भइहाल्छ । यहाँका व्यापारीहरू भाडा तिर्न नसकेर, बैँकको ब्याज तिर्न नसक्दा, रियाक्सन त भइहाल्छ । मेला लगाउनुअघि हामीसँग राय लिनुपथ्र्यो ।’

उत्पादनकर्ताले १० दिन मेला लगाएर यहाँको ‘मार्केट’ बिगार्न खोजेको उनको आरोप छ ।

‘यसले दीर्घकालीन असर पर्न सक्छ । बरु यहाँका व्यापारीहरूलाई हाम्रो उत्पादनलाई तपाईँहरूले पनि बेचिदिनुहोस्, भन्नुपथ्र्यो,’ उनले भने, ‘तर जसरी दादागिरी भनियो, त्यो चैँ होइन । हामीले गर्नुपर्ने व्यवसायीको हकहितको आवाज उठाएको मात्रै हो । अझैपनि मेलमिलापबाट निकास दिन हामी लागेका छौँ ।’

यसअघि इटहरी उपमहानगरपालिकाले मेला सञ्चालनका लागि फागुन ४ गते स्वीकृति दिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ । सबै प्रक्रिया पूरा गरेर मेला आयोजना गर्न खोज्दापनि व्यापारीबाटै अवरोध हुनुभनेको आर्थिक दृष्टिकोणबाट सही नभएको जानकारहरू बताउँछन् ।

‘नेपालमा उत्पादन भएका वस्तुको व्यापार मेला गर्ने भनेर तयारी हुनु, तर व्यापारीबाटै अवरोध हुनु भनेको व्यापारिक र आर्थिक दृष्टिकोणले ठीक भएन,’ नागरिक समाज इटहरीका पूर्व अध्यक्षसमेत रहेका कमलेश पौडेल भन्छन्, ‘हामी संसारभरका, विशेष संवेदनशील वस्तुबाहेक निर्वाध रूपमा बजार ओपन छ भन्छौं । तर, हामीले उत्पादन गरेका वस्तु र व्यवसायको प्रबद्र्धन गर्न, व्यवसायीबाटै अवरोध हुनु भनेको सही भएन ।’

व्यापार मेलामा वस्तुलाई हेर्ने, परीक्षण गर्ने र वस्तुप्रतिको विश्वसनीयता बढ्ने भएपनि व्यापारीबाटै अवरोध हुनुले इटहरीसहित पूर्वले अवसर गुमाएको उनको तर्क छ ।

‘यो मेलाले इटहरीका व्यवसायी र यहाँका नागरिकलाई फाइदा हुने हो । कोही उपभोक्ताले वर्षभरी व्यापार मेलाबाटै जुत्ता किन्छन् त ?,’ पौडेलले भने, ‘यो व्यापार मेलाका कारण इटहरीका व्यापारी र उपभोक्ता दुवैलाई नै फाइदा हुने हो । तर व्यवसायिक रूपमा आफ्नो अवसर आफैँ गुमाएकोजस्तो लाग्यो ।’

विश्व बजारमा हुने व्यापार मेलामा नेपाली व्यापारीहरू पुगेपनि व्यापार मेलाको महत्व नै नबुझेको जस्तो उनले बताए । उनले थपे, ‘व्यापार मेला हुँदैमा व्यापार सुक्छ भन्नु भनेको बुझ्दै नबुझेको तर्क हो । जे भयो, नोक्सान इटहरीलाई भयो । फाइदा हामी कसैलाई भएन ।’

Tags: #इटहरीटाकुरा विशेषनानीराज घिमिरेव्यवसायसिण्डिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.