सुनसरी : सुनसरीमा प्रहरीले अवैध लागूऔषध गाँ एक सय २२ किलो बरामद गरेको छ ।
सोमबार (आज) देवानगञ्ज गाउँपालिका ५ साहेवगञ्जस्थित पश्चिम टोल साइटबाट गाँजा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय साहेवगञ्जबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले भेटाएको थियो ।
प्रहरीलाई देखेपछि मोटरसाइकल चालक मोटरसाइकल नै छोडेर फरार भएका थिए ।
त्यसपछि मोटरसाइकलमा रहेको चारवटा बोरा छाडेर चालक फरार भएपश्चात् बोरा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post