Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी : जब खड्गबहादुरले गुमाए दुई छोरा र दुई बुहारी…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १६, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरी : जब खड्गबहादुरले गुमाए दुई छोरा र दुई बुहारी…
678
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बुधबार दिउँसो उदासलाग्दो हावा चलिरहेको छ । हिउँद सकिन लागेजस्तोगरी घाम लागिरहेको छ । घाम न न्यानो छ, न रापलाग्दो नै । इटहरी उपमहानगरपालिका ५ काव्यबाटिका नजिकै भेला भएका स्थानीय छरछिमेकी तथा आफन्तजन भने भावविह्ल छन् ।

घटना हो, चार दिन अघिको । चारदिनअघि ट्रकको ठक्करबाट इटहरी ५ का ३० वर्षीय केदार भनिने रोबिङ्ग राईको निधन भयो ।

ना ६ ख ६५७५ नम्बरको मालबाहक ट्रकले प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रहेका उनको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु भएको चारदिनपछि बुधबार (आज) उनको अन्त्येष्टि गरिएको छ ।

रोबिङ्गको परिवारमा अनौठो तर दुःखद् संयोग परेको छ । रोबिङ्गको निधनसँगै उनका बाबुआमाले दुई छोरा र दुई बुहारीको दुर्घटनामै ज्यान गुमाउनुपरेको दुःखद् घटना भोगिरहेका छन् ।

करिब पाँच वर्षअघि खड्गबहादुर राई र सरनी राईले कान्छी बुहारीलाई गुमाए । पारिवारिक स्रोतका अनुसार कान्छी बुहारी जित्नी चौधरीले घरको पूर्वपट्टीको कोठामा आत्महत्या गरिन् । उक्त घटनाले परिवारलाई बज्रपात प¥यो ।

त्यसबेला जित्नीका श्रीमान अर्थात् खड्गबहादुरका कान्छा छोरा घनश्याम राई वैदेशिक रोजगारीमा थिए ।

‘वैदेशिक रोजगारीकै क्रममा रहँदा भिडियो कलमा बोलिरहँदा अचानक उनकी श्रीमती (जिन्ती)ले आत्महत्या गरिछन्,’ एक छिमेकीले टाकुरा न्यूजसँग भने, ‘कान्छी बुहारीले आत्महत्या गरेपछि यो परिवारले अरु तीनजनालाई सवारी दुर्घटनामै गुमायो । यो हामी सबैका लागि दर्दनाक छ ।’

खड्गबहादुरको परिवारले कान्छी बुहारीलाई गुमाएसँगै कान्छा छोरालाई सवारी दुर्घटनामै गुमायो । श्रीमतीको मृत्युपछि विरिक्तिएर वैदेशिक रोजगारीबाट फर्किएका घनश्याम घरमै थिए ।

एकदिन इटहरी चोकबाट घर फर्कने क्रममा उनको इटहरीस्थित पश्चिम लाइनमा रहेको ट्राफिक प्रहरी कार्यालय नजिकै मोटरसाइकल दुर्घटनामा ज्यान गयो । बुहारी गुमाएको शोक बिर्सन नपाउँदै खड्गबहादुर परिवारले कान्छो छोरा गुमाउनुपर्दा बज्रपातले थिच्यो ।

कान्छो छोरा र बुहारीलाई गुमाएको भुल्न नपाउँदै परिवारले फेरि माइली बुहारीलाई दुर्घटनामै गुमायो । माइली बुहारी अनु भण्डारीको पनि केही वर्षअघि इटहरी पश्चिम लाइनस्थित कलंकी भन्ने ठाउँनजिकै दुर्घटनामा निधन भयो । स्रोतका अनुसार उनको म्याजिक भ्यानको ठक्करबाट निधन भएको हो ।

एक छोरा र दुई बुहारी गुमाएको यो परिवार बिस्तारै सम्हालिने प्रयास गर्दैथियो । तर, चार दिनअघिको घटना कानमा पर्नेबित्तिकै रोबिङ्गकी आमा अचेतजस्तै बनिन् । बुबा खड्गबहादुर पनि झस्किए । उनी आफैँ अशक्त छन् ।

प्यारालाइसिसका बिरामी रहेका खड्गबहादुर स्पष्टसँग बोल्नलाई नै गाह्रो हुन्छ । तर, जेठा छोराको निधन पाएसँगै उनी पनि बेचैन बने ।

मृतकका घरमा सहानुभूति दिन पुगेका आफन्त तथा स्थानीयबासी ।

रोबिङ्गको पनि इटहरी पश्चिम लाइनमा रहेको खाद्य गोदाम नकिजै दुर्घटनामा मृत्यु भयो ।

‘कस्तो दुःखद् संयोग भने कान्छा छोरा, माइली बुहारी र जेठा छोराको एकै स्थानमा (नजिकैको दूरीमा) दुर्घटना भयो,’ छिमेकीहरू भन्दैथिए, ‘तीनैजनाको दुई सय मिटर फरकको अन्तरालमा निधन भयो । यो अत्यन्तै दर्दनाक घटना भयो ।’

पारिवारिक स्रोतका अनुसार तीनजनाको सवारी दुर्घटनामा पूर्व–पश्चिम राजमार्गको इटहरी–पचरुखी सडकखण्डमा तर दुई सय मिटरको फरकमै दुर्घटना हुनु र निधन हुनुले स्थानीयबासी नै घटनाबारे आश्चर्यमा छन् । साल र महिना फरक भएपनि तीनैजनाको मृत्यु क्रमशः ११, १२ र १३ गते भएको छिमेकीहरू बताउँछन् ।

‘घनश्यामको ११ गते, अनुको १२ गते र रोबिङ्गको १३ गते मृत्यु भयो । यो त क्रमैसँग मृत्यु आएजस्तो भयो,’ आँखाभरी आँसु पार्दै छिमेकीहरू भन्छन् ।

विभिन्न वर्षहरूमा एकै घरमा भएका यी घटनाले परिवारमा बज्रपात त छ नै, छरिछिमेकीहरू पनि बिक्षिप्त छन् । मृतक रोबिङ्गले केही समयअघि मात्रै विवाह गरेका हुन् । उनकी श्रीमती केही महिनाअघि मात्रै अमेरिका गएकी छन् । रोबिङ्ग पनि अमेरिका जाने तयारीमा थिए । त्यससँगै उनी इटहरीमै होटल व्यवसायसमेत गर्दै आएका थिए ।

खड्गबहादुर र सरनीका माइला छोरा प्रकाश पनि वैदेशिक रोजगारीमा कुबेतमा थिए । अब यो परिवारको सहारा प्रकाश मात्रै बाँकी रहेका छन् । जेठी बुहारी रोबिङ्गकी श्रीमती अमेरिकामा भएका कारण अब प्रकाश मात्रै परिवारको एक्लो सहारा बनेका छन् ।

दुई छोरा र दुई बुहारीलाई गुमाएपछि सम्हालिनै नसक्ने पीर परेको यो परिवारलाई स्थानीयबासीलेसमेत बिर्सन नसक्ने घटना भएको बताउँछन्, स्थानीय अमित दाहाल ।

‘बुबालाई केही वर्षअघि प्रेसरले हानेको थियो । अहिले प्यारालाइसिसका कारण राम्ररी बोल्नपनि सक्नुहुन्न,’ दाहाल भन्छन्, ‘एउटै घरका चार–चार जनालाई वर्सेनिजसरी गुमाउनुपर्दा हामी आफैं बिक्षिप्त बनेका छौँ ।’

Tags: #इटहरीटाकुरा विशेषसमाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    658 shares
    Share 263 Tweet 165
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    406 shares
    Share 162 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.