Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहराको जंगलबाट ‘सेटिङ’मा काठ तस्करी, गिरोह नै रहेको आशंका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०८०
in टाकुरा विशेष, समाचार
0
तरहराको जंगलबाट ‘सेटिङ’मा काठ तस्करी, गिरोह नै रहेको आशंका

तस्करी भएको काठ ।

301
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी–धरान सडखकण्डमा पर्ने चारकोसे झाडी अन्तर्गत पर्ने सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट ठूलो मात्रामा काठ तस्करी भएको पाइएको छ ।

विभिन्न मितिमा सामुदायिक वन र राष्ट्रिय वनबाट ठूलो मात्रामा काठ तस्करी भएको पाइएको हो । काठ तस्करी भएपछि खोजी गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा जंगलबाटै काठ बरामद गरिएपछि उक्त रहस्य बाहिरिएको हो ।

हाँसपोसा सामुदायिक वनकाका अनुसार माघ पहिलो सातातिर हाँसपोसा सामुदायिक वनको हस्तान्तरित क्षेत्राधिकारभित्र पर्ने माथिल्लो ‘फायरलाइन’ छेउको खोल्सामा सखुवा प्रजातिको रुख ढलेको थियो । रुख पुरै नढलेको तर, ढलेर अर्को रुखमा अडिएर रहेको थियो ।

करिब एक सातअघि टाँसा लगाउनका निम्ति सामुदायिक वनका कर्मचारी जाने क्रममा उक्त ढलेको रुख तस्करी भएको पाइएपछि काठ तस्करीमा ‘गिरोह नै रहेको’ आशंका गरिएको छ ।

हाँसपोसा सामुदायिक वनमा गत फागुन ४ गते निर्वाचन भएर आएको नयाँ कार्यसमितिले रुखमा टाँसा लगाउन जाने क्रममा नभेटेपछि यहाँको रुख तस्करी भएको पाइएको थियो ।

नयाँ कार्यसमिति आएपछि छपान आदेश (रुखको नम्बरिङ) गर्ने वा टाँसा लगाउने कार्य गर्नुपर्ने व्यवस्था भएअनुरूप लडेका, पुराना वा सुकेका रुखमा टाँसा गरेपछि मात्रै काट्न पाइने व्यवस्था छ । सोअनुसार टाँसा लगाउन जाने क्रममा नभेटिएपछि सखुवाको रुख तस्करी भएको प्रमाणित भयो ।

हाँसपोसा सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरीका अनुसार नवनिर्वाचित कार्यसमिति आइसकेपश्चात सामुदायिक वनका कर्मचारीहरू वन क्षेत्रभित्र गस्ती गर्न जाँदा पहिले ढलेको अवस्थामा रहेको रुख तस्करी भएको पाइएपछि खोजी कार्यका लागि सव डिभिजन वन कार्यालय तरहरा, सुनसरीमा निवेदन दिइएको थियो ।

रुखको बीचको भाग अनुमानित १२ फिट गोलाइ र २८ फिट लम्बाइको लकडी तस्करी भएको गिरीले बताए ।

त्यससँगै सव डिभिजन वन कार्यालय, तरहरा सुनसरीमा खोजी कार्यका लागि फागुन १२ गते निवेदन दिएको उनले बताए । जंगल क्षेत्रमा जेसीबी र ट्याक्टरसहितको प्रयोगबाट काठ तस्करी भएको हुनसक्ने निवेदनमा उल्लेख छ ।

‘निवेदनपछि सामुदायिक वनका कर्मचारी, कार्यसमिति र सव डिभिजन वन कार्यालयका प्रतिनिधिसहित खोजी गर्ने क्रममा इटहरी १९ स्थित ब्रह्मपुर सामुदायिक वन क्षेत्राधिकारभित्र चोरी, तस्करी भएका लकडी फेला प¥यो,’ गिरीले टाकुरा न्यूजसँग भने, ‘ढोडे घारी जंगलभित्र लुकाएर राखिएको पाइएपछि सर्जमिन मुचुल्का उठाएर अहिले सव डिभिजन वन कार्यालयले हामीलाई नै हस्तान्तरण गरेको छ ।’

निरीक्षण गर्ने क्रममा हाँसपोसा सामुदायिक वन क्षेत्रबाट सखुवाको रुखको तस्करी गरी ब्रह्मपुर सामुदायिक वन क्षेत्रमा लुकाएर राखिएको अवस्थामा भेटिएको गिरीले बताए ।

उनले भने, ‘ढोड घारीभित्र सय मिटरको फरकमा मुढा फेला परेको थियो । कसरी तस्करी भयो, के भयो भन्ने वनसँगै सोध्ने कुरा हो । ब्रह्मपुर सामुदायिक वनको सीमानाबाटै ट्याक्टर र जेसीबी आवतजावत भएको देखिन्छ । हामीले हाम्रो क्षेत्रको रुख तस्करी भएपछि खोजी कार्यका लागि निवेदन दिएका थियौँ ।’

फागुन ३ गतेदेखि ५ गतेको समयमा उक्त काठ तस्करी भएको हुनसक्ने उनले बताए । उक्त काठको मूल्य सामुदायिक वनले बेचेको अवस्थामा अनुमानित ६ लाख जति हुन आउने र काठ मिलको दरअनुसार १० लाख जति हुन आउने गिरीले बताए ।

सर्जमिन मुचुल्का ।

उक्त लकडी सामुदायिक वनले खोजी गर्दा जंगलभित्रै घारीमा लुकाएर राखिएको र २८ फिटको लकडीलाई चार वटा टुक्रा पारेर राखिएको निवेदनमा उल्लेख छ । तस्करी भएको काठ जंगलभित्रै लुकाएर राखिएको पाइएपछि अध्यक्ष गिरीले पुनः फागुन १५ गते सव डिभिजन वन कार्यालयलाई निवेदन दिए ।

उनीद्धारा हस्ताक्षरित निवदेनअनुसार काठ चोरी, पैठारी गरी लुकाइ राखेको र उक्त सम्बन्धि वन पैदावार, चोरी तस्करी गर्ने व्यक्ति वा समूहलाई कारबाही गर्न भनिएको छ ।

ब्रह्मपुर सामुदायिक वन क्षेत्रमा हाँसपोसा सामुदायिकको मात्रै होइन । राष्ट्रिय वनकोसमेत १८ वटा लकडी फेला परेको थियो । सव डिभिजन वन कार्यालय तरहरा, सुनसरीका वन अधिकृत दिनेशप्रसाद यादवका अनुसार उक्त क्षेत्रमा हाँसपोसा सामुदायिक वनका चारवटा र राष्ट्रिय वनका ११ वटा सखुवा प्रजातिका लकडी र ७ वटा कुकाठ प्रजातिका गरी १८ वटा लकडी भेटिएको थियो ।

उक्त १८ वटा काठ सव डिभिजन वन कार्यालय नै जफत गरी ल्याएको छ । साथै, चारवटा हाँसपोसा वनमै हस्तान्तरण गरेको यादवले बताए । उनले चोरी, निकासी भएको स्वीकार गरे ।

‘चोरी भएको सूचना पाएपछि यसमा कोको संलग्न छन् भनेर दोषी पत्ता लगाउने कार्य भइरहेको छ,’ यादवले भने, ‘वनबाट चोरी, निकासी हुन्छ नै ।’ उनले चोरी, निकासी हुनु अस्वभाविक नरहेकोसमेत बताए ।

यसले पनि प्रष्ट पार्दछ कि, वनबाट दैनिकजसो चोरी, तस्करी भइरहेका छन् । तर, वन कार्यालय मूकदर्शकजस्तै बनेको छ । अहिलेसम्म कति चोरी भए ? कति कारबाही भए ? कति दोषी पत्ता लागे भन्ने वन कार्यालयसँग कुनै तथ्यांकै छैन ।

‘सेटिङ’मा तस्करी भएको हो भन्ने जिज्ञासामा यादवले भने, ‘छानबिन भएपछि पत्ता लाग्छ । कसको सेटिङ छ भन्ने हामीलाई जानकारी छैन ।’

छानबिनका लागि जिल्ला वन कार्यालयले अनुसन्धान अधिकृत तोक्ने भएपनि हालसम्म छानबिन समिति समेत बनेको छैन ।

यता, हाँसपोसा सामुदायिक वनका उपभोक्ताहरूले काठ तस्करीमा संलग्नको छानबिन गरी कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।

सर्जमिन मुचुल्का ।

सव डिभिजन वन कार्यालयका कर्मचारीको ‘सेटिङ’ बिना वन कार्यालयभित्र कसैले तस्करी गर्ने हिम्मत नगर्ने उपभोक्ताहरूको भनाइ छ । यसबारे छानबिन गरी दोषीलाई कानुन बमोजिम सजाय हुनुपर्ने उपभोक्ताहरूले बताउँदै आएका छन् ।

काठ तस्करीमा गिरोह नै रहेको आशंका भएकाले निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ ।

Tags: #काठ#काठ तस्करी#तरहराआशंकाटाकुरा विशेषसेटिङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    665 shares
    Share 266 Tweet 166
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    349 shares
    Share 140 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    263 shares
    Share 105 Tweet 66

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.