खोटाङ : स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले उपचार गराउँदा लाग्ने कूल खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने भएको छ।
स्वास्थ्य बिमा बोर्ड बबरमहल काठमाण्डौको ९ पुषको पत्र अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली कार्यविधि २०८० कार्यान्वयन अन्तर्गत स्वास्थ्य बिमाबाट लाभलिने व्यक्तिहरुले उपचार गराउँदा लागेको कूल खर्चको १० प्रतिशत रकम अस्पतालमा तिर्नुपर्ने जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख पुस्कल राईले बताउनुभयो।
यो नियम फागुन २५ गतेबाट लागू हुने गरी निमित्त प्रमुख राईले बिहीबार सूचना जारी गरेर जानकारी दिनुभएको छ।
यद्यपी, अति गरिवको परिचयपत्र भएका परिवार, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अति अशक्त अपाङगताको परिचयपत्र प्राप्त अपाङ्ग रातो कार्ड भएको, महिला स्वंमसेविका, एचआइभी एड्स संक्रमित व्यक्ति, जटिल किसिमको टिभी र कुष्ठ रोगीमा सह–भुक्तानी प्रणाली लागू हुने छैन।
बिरामीले उपचार गराएर अन्तिममा काउण्टरबाट कार्ड लिने बेलामा कूल खर्चको हिसाब गरिने र सह–भुक्तानी प्रणालीको १० प्रतिशत रकम बुझाउनुपर्ने जिल्ला अस्पतालका प्रमुख मेडिकल अधिकृत रुपेश संग्रौलाले बताउनुभयो।














Discussion about this post